अनखबर बुटवल, १ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बुटवल उपमहानगरको दोस्रो सम्मेलन सोमबार सम्पन्न भएको छ।
सम्मेलनले नमखानलाई अध्यक्षमा निर्वाचित गरेको छ। सम्मेलनले नमखानको अध्यक्षतामा ३३ सदस्यीय बुटवल उपमहानगर समिति निर्वाचित गरेको हो।
कार्यक्रममा प्रमूख अतिथिको रुपमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक बिरेन्द्र बिक,अतिथिहरू नेकपा बुटवल इलाका इन्चार्ज क. नवीन थारू,अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष रमेश गैरे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन पवन ज्ञवाली र स्वागत विकास गौतमले गर्नुभयो ।