काठमाडौं, ९ पुस । काठमाडौंको कुलेश्वरमा रहेको क्याम्पसले पैसाका कारण कुनै विद्यार्थी उच्च शिक्षाबाट बन्चित हुन नपर्ने बताएको छ ।
जनमैत्री क्याम्पसले क्यूएए (क्वालिटि असुरेन्सी एण्ड एक्रेडिटेशन) प्रमाणपत्र प्राप्त गरेसंगै बुधवार भएको पत्रकार सम्मेलनमा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले पैसा अभावका कारण विद्यार्थी क्याम्पसबाट फर्कन नपर्ने बताउनुभएको हो ।
‘हामी अहिलेपनि सस्तो पैसामा गुणस्तरीय शिक्षा दिईरहेका छौं’ उहाँले भन्नुभयो, ‘यदी यो शुल्क पनि बढी लागेमा हाम्रो विभिन्न प्रकारका छात्रवृद्धि योजना मार्फत अध्ययन गर्न सकिने व्यवस्था छ, त्यसकारण पैसाकै कारण विद्यार्थीहरु फकर्नु पर्दैन् ।’
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष डा. डिल्लीराम खनालले यो एक सुरुवात मात्रै भएको कारण अबको दिनमा क्याम्पसको गुणस्तरलाई झनै व्यवस्थित बनाउदै लैजाने बताउनुभयो ।
‘यो एउटा सुरुवात मात्रै हो’ उहाँले भन्नुभयो, ‘हामी अबको दिनमा क्याम्पसको सेवा तथा सविधालाई अझै व्यवस्थित बनाउदै लैजान्छौं ।’
वि.सं. २०४७ सालमा स्थापना भएको जनमैत्री बहुमुखी क्याम्पसले पुस ७ गते विश्व विद्यालय अनुदान आयोग (युजीसी) मार्फत शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको थियो ।
जनमैत्रीमा हाल ६३ जिल्लाका १ हजार ५ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् ।
विश्वविद्यालय अनुदान आयोगले चार सामुदायिक क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्यूएए) प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगले ती क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेको हो।
क्यूएए प्रमाणपत्र ललितपुर चापागाउँको जनभावना, काठमाडौं कुलेश्वरको जनमैत्री बहुमुखी, काभ्रे बनेपाको काभ्रे बहुमुखी क्याम्पस र महेन्द्रनगरको कञ्चन विद्या मन्दिरलाई दिइएको हो।
क्यूएएमा छनोट भएकामध्ये जनभावना चार वर्षअघि प्रक्रियामा गएको थियो। जनमैत्री नौ वर्षअघि प्रक्रियामा गएको थियो। उच्चशिक्षा परियोजनाअन्तर्गत सञ्चालित सो कार्यक्रममार्फत क्यूएए प्रमाणपत्र पाएका क्याम्पसले विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा रकम पाउनेछन्।