अनखबर

दाङ, १६ पौष । बार एशाेसिएसन दाङ देउखुरी जिल्ला अदालत बार इकाईले अदालत परिसरभित्रै नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई पक्राउ गरेको मा विरोध गरेको छ ।

जिल्ला बारकाे तर्फबाट सचिव किरण कुमार रेग्मीले निकालेको ध्यानाकर्षण पत्रमा मानवअधिकार र विधिको शासनलाई धज्जी उडाउँदै प्रहरीद्वारा अमानवीय ढंगबाट हुन गएको हातपात र गिरफ्तारीप्रति घाेर भत्र्सना गर्दै छानबिनको लागि सम्बन्धित निकायकाे ध्यानाकर्षण गराईएको छ ।
विज्ञप्तिमा भनिएको छ,’धराैटी रकम खुलेको उक्त रकम दाखिला गर्न उपस्थित भएका पक्ष र नीजहरुका परिवार तथा अाफन्तमाथि अदालत परिसरभित्रै प्रहरीद्वारा गरिएको अमानवीय ढंगकाे हातपात र गिरफ्तारीप्रति घाेर भत्र्सना गर्दै छानबिनको लागि जिल्ला बार एकाई दाङ सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउँदछ।’

बुधबार दाङमा धरौटी तिरेर रिहा भएका ने.क.पा.का ४ नेता पुन: गिरफ्तार गरेपछि बार एकाई दाङको विरोध अाएको हो ।