बुटवल, २० पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता अयान विक रिहा हुनुभएको छ ।
उच्च अदालत बुटवलको अादेशमा वि.क. रिहा हुनुभएको हो ।
उहाँलाई पुस १४ गते प्रहरीले सन्धिखर्कबाट गिरफ्तार गरेको थियो ।
बुटवल उच्च अदालतका न्यायाधीश शेषराज शिवाकोटी र मदन पोख्रेलको संयुक्त इजलाशले नेता विकलाई रिहा गर्ने आदेश दिएको हो । विकको पक्षबाट अधिवक्ता ज्ञानु केसीले वहस गर्नुभएको थियो ।