वर्षै पिच्छे आउने श्रावण महिना फेरि लाग्दै छ। धर्ममा विश्वास मान्नेहरुका लागि साउन महिना धेरै विशेष महिना मानिन्छ। साउनमा धेरैले पवित्र भएर पूजा पाठ गर्ने, पवित्र खाने कुरा खाने गर्दछन्। विशेष गरी त साउन महिना पवित्र महिनाका रूपमा चिनिन्छ। साउन महिना धेरैका लागि पवित्रको महिना हुन्छ तथा यस महिनामा भक्ति, आराधना र शरीरलाई शुद्ध राख्ने गरिन्छ।

सबै चाड वर्षमा एक पटक आउने गर्छ यो साउन महिना पनि वर्षमा एक पटक आउने गर्दछ यो महिनामा अझ विशेष त के गर्छन् भने खानपिनमा धेरै विचार पुर्याउँछन् जस्तो साउन महिनामा विशेष त माछ मासु नखाने गर्छन् आफूलाई शुद्ध राख्नका निम्ति माछा मासु, लसुन प्याज जस्ता अपवित्र मानिने चीज नखाने गर्छन्। हुन पनि साउन महिनामा यी चिज नखानु लाई उपयुक्त मानिन्छ। किन साउन महिनामा माछा मासु त्याग्नु पर्ने? के धार्मिक परम्परा सङ् जोडिएको छ त साउन महिना? किन साउन महिनामा यी परिकार त्यागिन्छ त?

साच्चै साउन महिना धार्मिक सास्त्र सङ् जोडिएको छ। साउन महिना धार्मिक विधान तथा जीवन पद्धतीसँग जोडिएको छ। साउन महिनामा किन माछा मासु छोड्ने नछोडे पनि हुन्न र भन्ने पनि धेरै हुन्छन् कसैले लामो समय सम्म छोड्न पनि सक्दैनन् तर साउन महिनामा यी चिज छोड्नुको पछाडि खास अर्थ छ के होला त?

यो साउन महिना भनेको बर्खाको मध्यम समय मानिन्छ। अहिले बर्खाको समय रहेको छ। यो समयमा मानिसमा विभिन्न समस्या तथा धेरै प्रकारका रोग हरुले समात्ने गर्दछ। यो समयमा रोगका सङ्क्रमण फैलने गर्दछ। खास गरी यो समयमा भाइरल ज्वरो, हैजा, मलेरिया, डेंगु, टाइफाइड, जन्डिस, चिकनगुनिया, पेटको संक्रमण, हेपटाइटिस जस्ता संक्रामक रोगले धेरैलाई सताउने गर्दछ। त्यस्तै यस समयमा धेरै लामखुट्टे लाग्ने पनि गर्दछ, भने तराईमा गर्मी पनि धेरै हुने भएका कारण खानेकुरा पनि चाँडै सड्ने गर्दछ। बासी खाने कुरा खानाले यो समयमा छिटै संक्रमणले समाउने गर्दछ। यसले गर्दा हाम्रो शरीर अस्वस्थ हुने गर्दछ। अर्को अझ खास त यो समयमा पानीबाट पनि धेरै सङ्क्रमण फैलने गर्दछ। त्यसैले गर्दा यो समयमा आफ्नो शरीरलाई स्वास्थ्य राख्नु धेरै चुनौतीपूर्ण हुन्छ। यो समयमा हामी सबै सङ्क्रमणको चपेटामा परेका छौं। यसले गर्दा साउन महिनामा बर्त बस्नु,पवित्र भोजन गर्नु राम्रो मानिन्छ। साउन महिनाको हरेक सोमबारलाई विशेष दिन मानिन्छ र त्यस दिन भगवान शिवको पूजा आराधाना गरिन्छ । यस दिन शरीर शुद्ध गरेर उपवास बस्ने गरिन्छ । यसर्थ यो महिनाभर पाँच पटकसम्म वर्त बस्नाले धार्मिक विधान अनुसार उपयुक्त मानिन्छ। साउन महिनामा उपवास र भक्तिनभजन गरेर बस्दा परिवारलाई पनि राम्रो हुने भन्ने विश्वास गरिन्छ।

साउन महिनामा पूजापाठ गर्ने, शुद्ध खाने कुरा खाने, प्रत्येक हप्ताको सोमबार उपवास बस्ने चलन परम्परा देखि चल्दै आएको हो।
तर यहीं कुरालाई कतिपयले अन्धविश्वास भनेर पनि भन्ने गर्दछन्। तर वैज्ञानिक रूपमा पनि साउन महिना विशेष मानिने गरिन्छ।

धेरैले साउन महिनामा माछा मासु छोड्नै पर्छ त भन्ने पनि भर्छन् तर साउन महिनामा माछा मासु छोड्नै पर्छ भन्ने छैन। तर आफूले खाने खानपिनमा विशेष ध्यान राख्ने हो भने हामीलाई कुनै संक्रमणले छुँदैन यसरी धेरै विचार पुर्याएर खानपिन गर्ने हो भने जे खाए पनि कुनै नराम्रो असर पर्दैन। वर्षायाममा खानेकुरा पोषण भन्दा पनि रोगको स्रोत बन्ने भय हुन्छ। यो समयमा मसलेदार, चिल्लो–चाप्लो, मासुजन्य परिकारले पेटको संक्रमण एवं पाचन यन्त्रको समस्या निम्त्याउन सक्छ। यदि माछा मासु एक महिना सम्म छोड्न सक्ने हो भने त राम्रो भयो तर सकिँदैन भने पनि यसको मात्रा पहिले भन्दा कम गर्ने र माछा मासु भन्दा हरियो तरकारी हरू धेरैं खाने गर्नाले अझ धेरै फाइदा हुने गर्दछ।