अनखबर
सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि ले पाँचौं वर्ष पूरा गरी छैठौं वर्ष प्रवेश गरेको शुभ अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कम्पनीले बुटवलस्थित आफ्नो कार्यालयमा रक्तदान गरेको थियो । पछिल्लो समय डेङ्गुको प्रकोप फैलिएको बेला रगत अभाव नहोस भन्दै, रक्तदान आव्हान गरिएको शाखा प्रबन्धक सुवास सेनले बताए ।
उक्त कार्यक्रममा 36 जना ले रक्तदान गर्नु भएको थियो । सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि बुटवल शाखा को आयोजनमा नेपाल रेडक्रस सोसाइटी बुटवल को समन्वयनमा कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले इन्स्योरेन्स सम्बन्धि काम गर्दै आएको छ ।