अनखबर

काठमाडौं, १ पुस । पाकिस्तानको विशेष अदालतले      पूर्वराष्ट्रपति पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको छ।

पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले मंगलबार मुसर्रफलाई मृत्युदण्डको आदेश सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

तत्कालिन सैन्यप्रमुख युनाइटेड अरब इमिरेट्सको दुबईमा बस्दै आउनुभएको  छ। विशेष अदालतले आज  मुद्दाको फैसला दिने घोषणा गरे पनि सरकारी वकिलले भने अन्य तीनजनालाई पनि छानविनमा ल्याउन आग्रह गरेको डनले जनाएको छ।

पूर्वप्रधानमन्त्री शौकत अजिज, सर्वोच्च अदालतका पूर्वप्रधान न्यायधिस अब्दूल हमिद दोगर र पूर्व कानूनमन्त्री जाहिद हमिदलाई समेत सोहि मुद्दामा  मुसर्रफलाई सहयोग गरेको आरोपीको रुपमा छानविन गर्न माग गरिएको छ।

तत्कालिन सेना प्रमुख मुसर्रफले सन् १९९९ मा सैन्य कू गरी ९ वर्षसम्म एकलौटी शासन  चलाउनु भएको थियो ।

सेनाप्रमुख रहेका मुसर्रफले सैन्य कू गरी पहिले आफैंलाई कार्यकारी प्रमुख र त्यसपछि राष्ट्रपति घोषणा गर्नुभएको थियो।