एजेन्सी, १७ पौष । भारतको जम्मु-कस्मिरमा विद्रोहीसँगको गोली हानाहानमा एक गोर्खा सैनिकको ज्यान गएको छ ।

बुधबार जम्मु-कस्मिरमाको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको गोली हानाहानमा भारतीय सेनामा कार्यरत गोरखा घर भएका युवा अर्जुन थापा मगरको ज्यान गएको हो ।
मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले थापामगरको मृत्युको पुष्टी गर्नुभएको छ।

ज्यान गुमाउने २५ वर्षीय अर्जुनको घर गोरखाको रिप गाउँमा पर्दछ । (फाईल तस्वीर)