एजेन्सी, १७ पौष । ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ ।

सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गर्दा ८ जनाको मृत्यु भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ ।

सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै हुनुहुन्थ्यो। त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा प्रधानसेनापतिसहित ८ जनाको मृत्यु भएको  समाचारमा उल्लेख छ ।