प्रदिप पाठक
परासी १८, पौष । भ्रमण बर्ष २०२० सफल पार्न भन्दै जिल्ला पर्यटन समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले शुक्रबार परासीमा जिल्ला स्तरीय सास्कृतिक पर्यटन प्रवन्दन समुह गठन गरेको छ ।
जिल्ला पर्यटन समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीका अध्यक्ष शिवशंकर रायको अध्यक्षतामा बसेको बैठकले अशोक श्रेष्ठको संयोजक र भरत क्षेत्री उपसंयोजक रहने गरि १५ सदस्य जिल्ला स्तरीय सास्कृतिक पर्यटन प्रवद्र्धन समूह गठन गरेको हो ।