अनखबर

माघ ४/ बुटवल
लामो समयदेखि चिकित्सा लगायतका शैक्षिक क्षेत्रमा अब्बल ठानिएको रम्भादेवी ग्रुपले बृहत स्वास्थ शिविर संचालन गरेको छ । शिविरमा फिजिशियन विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नेत्र रोग विशेषज्ञ सेवा, रक्तपरीक्षण सेवा सहित निःशुल्क औषधी प्रदान गरिएको कलेजले बताएको छ । २०७६को शैक्षिक सत्रदेखि सो स्थानमा आफ्नो शैक्षिक सेवा सुभारम्भ गरेको कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष सूर्य बहादुर भट्टराइले बताए । उनले कलेजमा हेल्थकै विद्यार्थी धेरै भएकाले उनिहरुलाई सपोर्ट हुने र जनताहरुलाई राहात हुने गरि हेल्थ क्लिनिक समेत खोल्ने योजना बनाएको बताए ।


रम्भादेवी मेडिकल साइन्स र न्यू भिजन उच्च माविको प्राङ्गणमा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा करिब ५ सय जनाले सेवा लिएको ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले बताए । बस्नेतका अनुसार शिविरमा फिजिशियन डा. महेशराज घिमिरे, गाईनोलोजिस्ट डा. नवीन तिरुवा, बालरोग विशेषज्ञ डा. लक्ष्मण पौडेल, बुटवल लायन्स अँखा अस्पतालबाट आँखा विशेषज्ञ हरु
एव मेडिकल अफिसरहरु डा. बिनोद बडै, डा.मानवहादुर केशी लगायतले परिक्षण गरेको र निशुल्क औषधि बितरण गरिएको बताए । करिब ९ सय विद्यार्थी रहेको संस्थाले आफ्ना अभिभावक लगाएत स्थानीय सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाको उद्देश्य अनुसार शिविर आयोजना गरिएको कलेजका प्रिन्सिपल मनोज काफ्लेले बताए ।


रम्भादेवी ग्रुपले सामान्य चिकित्सा शिक्षा (एच ए), ल्याब, सिभिल ईन्जिनियरको डिप्लोमा लेभलको पढाइ हुने सो कलेजमा मन्टेश्वरी देखि उच्च शिक्षा न्यु भिजन मावी, रम्भादेवी कलेज अफ मेडिकल साईन्स, रम्भादेवी टेक्निकल कलेज संचालन गरेको छ । बुटवल १२, तामनगरस्थित १५ कठ्ठा जग्गामा आफ्नै भौतिक संरचना तयार गरि शैक्षिक क्षेत्रमा लगानी गरेको कलेज बुटवल क्षेत्रको प्रभावकारी कलेज हो ।