अनखबर माघ १९, काठमाडौं। नेपाली जनप्रगतिशिल मोर्चा कतार केन्द्रीय समिति अन्तर्गत सनैया क्षेत्रको- ३२ नम्बरमा इकाई समिति गठन भएको छ ।
समितिको अध्यक्षमा सुरेश कुमार राई चयन हुनुभएको छ । उपाध्यक्ष रोशन कामी, सचीव पवन श्रेष्ठ, कोषाध्यक्ष यम थापा मगर चयन भएका छन् । त्यस्तै सदस्यमा, मिराज शाह,शिव केसी, खुम बहादुर सुनार रहेका छन् भने दुई सदस्य पछि थपिने समितिले जनाएको छ ।
केन्द्रीय समिति सल्लाहकार प्रमुख रमेश गिरी र सल्लाहकार समिति सदस्य रेशम पौडेलको उपस्थिति तथा वैकल्पिक केन्द्रीय सदस्य सुवास गिरीको विशेष पहलमा समिति गठन भएको हो ।