अनखबर माघ १९, काठमाडौं। प्रवासी नेपाली जनसमाज भारत महाराष्ट्र गोवा राज्य समिति अन्तर्गत मध्य मुम्बई नगर कमिटी गठन भएको छ ।

कविराज बि.क.को अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको हो । इन्चार्जमा बम बहादुर बि.क. रहेका छन् । उपाध्यक्षमा जगदिश बिक, सचिवमा लोकेश बिक कोषाध्यक्ष बरम परियार चयन भएका छन् भने १० जना सदस्य रहेका।  छन् ।
कार्यक्रम राज्य समिति सदस्य बम बहादुर बि. क. को अध्यक्षमा र राज्य समिति संयोजक जगत सिंह बडुवालको प्रमुख आतिथ्या थियो भने राज्य समिति सदस्य कविराज तिरुवा र कमान इन्चार्ज रमेश बि क राज्य समिति सदस्य हेमन्त बोहोरा को बिषेश उपस्थिति थियो ।